दलित विकासका लागि करिब बीस लाख विनियोजन
विराटनगर, १४ जेठ । जिल्ला विकास समिति, मोरङले दलित समुदायको उत्थान एवम् विकासका लागि आर्थिक वर्ष २०६६|०६७ का लागि करिब रु. २० लाख विनियोजन गरेको छ ।
जिविसका सामाज सुधार कार्यक्रम अधिकृत सरोज गौतमबाट उपलब्ध विवरणअनुसार दलित कार्यक्रम अनुगमन तथा प्रशासनिक खर्चतर्फ रु. ५० हजार, दलित लुती सिनेमा प्रदर्शनका लागि रु. २० हजार, वयरवन र शनिश्चरे गाविसमा शौचालय निर्माणका लागि रु. एकलाख ५० हजार र अन्तरजातीय विवाह प्रोत्साहनका लागि रु. ८० हजार छुट्याइएको बताइएको छ । रासस


